Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अनसन

नेपाल शिक्षक महासङ्घले सुरु गर्‍यो रिले अनसन

नेपाल शिक्षक महासङ्घले सुरु गर्‍यो रिले अनसन


  • 1.2K
    Shares

    • images
    नेपाल शिक्षक महासङ्घले सुरु गर्‍यो रिले अनसन

    काठमाडौं । नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनसन सुरु गरेको छ । सरकारले महासङ्घसँग सहमति कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले महासङ्घले रिले अनसन सुरु गरेको हो ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आज बिहान ८ बजेदेखि सुरु गरिएको अनसन बेलुका ६ बजेसम्म रहने महासङ्घले जनाएको छ । 

    आज पहिलो दिन महासङ्घका सहअध्यक्ष एवम् आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीको नेतृत्वमा १५ जना महिला शिक्षक–कर्मचारी अनशनमा बसेका छन् ।

    हरेक दिन अनशन बिहान ८ बजेबाट सुरु भई बेलुका ६ बजेसम्म चल्ने महासङ्घले जनाएको छ । 
    रिले अनसन चैत १५ गते सम्म चल्नेछ । त्यसपछि चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शिक्षक कर्मचारीको आन्दोलन हुनेछ । 

    महासङ्घले यसअघि विभिन्न राजनीतिक दलको केन्द्रीय कार्यालयमा भर्ना दिएको थियो । 

    प्रकाशित मिति :चैत्र ७ २०८१ बिहिवार - १२:०२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij