२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलनमा रिले अनसन आज बाट सुरु भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आज बिहान ८ बजेदेखि सुरु गरिएको अनसन बेलुको ६ बजेसम्म रहने महासङ्घले जनाए ।
रिले अनसन चैत १५ गते सम्म चल्नेछ र चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शिक्षक कर्मचारीको आन्दोलन हुनेछ । आज पहिलो दिन महासङ्घको सहअध्यक्ष एवम् आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीको नेतृत्वमा १५ जना महिला शिक्षक–कर्मचारी अनसनमा बसेका छ । हरेक दिन अनशन बिहान ८ बजेबाट सुरु भई बेलुका ६ बजेसम्म चल्ने महासङ्घले जानकारी दिएको छ ।
सरकारले महासङ्घसँग सहमति कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले महासङ्घले रिले अनसन सुरु गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij