Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ७५ जनामा कोरोना संक्रमण  पुष्टि

भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ७५ जनामा कोरोना संक्रमण  पुष्टि


  • 6.6K
    Shares

    भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ७५ जनामा कोरोना संक्रमण  पुष्टि

    बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ८१ वटा नमुना परिक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

    स्वास प्रश्वास सम्बन्धि समस्या, ज्वरो र अन्य लक्षणसहित अस्पतालमा आएका व्यक्तिहरूमा चिकित्सक र स्वास्थ्यकर्मीको सिफारिसमा परिक्षण गरिएको अस्पतालले जनाएको छ । जसअनुसार संक्रमण पुष्टिको दर ९२.६ प्रतिशत हुन आउने अस्पतालले जनाएको छ ।

    नेपालगन्ज क्षेत्रमा समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्न समुदायस्तरबाटै नमुना संकलन गरि परिक्षण गर्नु आवश्यक रहेको अस्पतालले जनाएको छ । यसको निम्ति नेपाल सरकारबाट पर्याप्त उपलब्ध गराउन अस्पतालले आग्रह समेत गरेको छ ।

    अस्पतालका अनुसार कोरोना विशेष आइसोलेसन वार्डको १०२ बेड, शंकास्पद बिरामीलाई राख्ने ४० शैयाको प्रि आइसोलेसन वार्ड गरि जम्मा क्षमता १४२ बेड लगभग भरिइसकेको छ । १५ शैयाको कोभिड आइसियू पनि भरिएको अस्पतालले जनाएको छ ।

    अस्पतालले भिडभाड नगर्न, अत्यावश्यक काम नपरेसम्म घरबाट ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दुरी कामय गर्न तथा रुघाखोकी, ज्वरोका लक्षण देखा परेमा सेल्फ आइशोलेसनमा बस्न आग्रह समेत गरेको छ ।

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १६:०५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij