Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

गाईगोरुलाई बगरमा तारबारले थुनेर राखियो, घाँसपानी नहुँदा प्लाष्टिक खाएर मर्दै

गाईगोरुलाई बगरमा तारबारले थुनेर राखियो, घाँसपानी नहुँदा प्लाष्टिक खाएर मर्दै


  • 2.2K
    Shares

    गाईगोरुलाई बगरमा तारबारले थुनेर राखियो, घाँसपानी नहुँदा प्लाष्टिक खाएर मर्दै

    काठमाडौं । यसै त गर्मी चर्किएको छ । जमिन सुख्खा र रुखो छ । यस्तो अवस्थामा गाईवस्तुलाई तारबारले घेरेर राख्दा के होला र? न चरनका लागि घाँस छ, न पिउनयोग्य पानी । न जगेडा खानेकुरा, न कुनै स्यहारसुसार । दाङ लमहीको सिसौ बगरमा तारबारले घेरेर बन्धक बनाइएका गाईहरुको अवस्था अत्यन्तै दयानीय छ।

    दर्जनौँको संख्यामा रहेको गाईगोरु भोक र तिर्खाले मरिरहेका छन् । अवस्था कतिसम्म खराब छ भने, भोक मेट्नका लागि यिनीहरुले त्यहाँ रहलपहल प्लाष्टिक खाइरहेका छन् ।

    स्थानीय सञ्चारकर्मी मेगमन बुढाका अनुसार यी गाईगोरु भोकले गर्दा दुब्ला र रोगी भएका छन् । ‘एकदमै बिजोग अवस्थामा छ’ उनी भन्छन्, ‘मान्छेको आवाज सुन्नसाथ त्यतै आउँछन्, सायद खानेकुरा दिन्छ भनेर होला ।’ खानेकुरा नहुँदा प्लाष्टिक खान बाध्य भएको उनले सुनाए ।

    प्लाष्टिक खाएर बिरामी भएका गाईगोरु भकाभक मरिहेका छन् । यसरी मरेका गाईमाथि झिँगा भन्किइरहेको देखिन्छ ।

    पर्याप्त घाँसपानी नदिई करिब डेढ सय गाईगोरुलाई तारबारभित्र थुनेर राखिएको छ । लमाही नगरपालिका–६ स्थित सिसौको जंगलमा करिब तीन महिनादेखि गाईगोरुलाई थुनेर राखिएको सञ्चारकर्मी बुढाले जानकारी दिए ।

    ‘लमाही वडा नं. ९ को गौशालामा राख्न नसकेपछि सो बगरमा ल्याएर छाडिएको रहेछ’ उनी भन्छन्, ‘यहाँ न खानापानी छ, न स्यहारसुसार ।’

    बेलाबखत स्थानीयले पराल वा दुई चार सय पैसा उठाएर खान दिने गरेका छन् । त्यस्तै दुई जना हेरालु राखेका छन् । बगरको एक छेउमा पानीको कुवा जस्तो छ, जहाँ दमकलले बेलाबेला पानी ल्याएर राखिदिन्छ । तर उक्त पानी गाईले पिउनयोग्य देखिँदैन ।

    एकातिर चरनको अभाव, अर्कोतिर जगेडा घाँसपानी छैन । गाईगोरु बाध्य भएर प्लाष्टिक खाँदै मरिरहेको उनले बताए ।

    आधा दर्जन बढी गाईगोरु मरिसकेका छन् । त्यसमा झिंगा भन्किएको छ । दुर्गन्ध आएको छ । यसरी मरिसकेका गाईगोरुलाई खाल्डो खनेर पुरिदिन लमाही नगरपालिकाले डोजर पठाएको तर घाँसपानीको व्यवस्था नगरिदिएको स्थानीयले गुनासो गरेका छन् ।

    images
    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - १६:४६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij