Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

सात सिडिओसहित गृहका १३ अधिकारीको सरुवा

सात सिडिओसहित गृहका १३ अधिकारीको सरुवा


  • 1.5K
    Shares

    • images
    सात सिडिओसहित गृहका १३ अधिकारीको सरुवा

    काठमाडौं । आधा दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरुको सरुवा गरिएको छ । गृह मन्त्रालयले विभिन्न सात जिल्लाका प्रजिअहरुलाई सरुवा गर्दै नयाँ प्रजिअहरु पठाएको छ ।

    प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, सुर्खेत, उदयपुर, नवलपरासी(बर्दघाट सुस्ता पूर्व), बाग्लुङ, अछाम र पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो ।

    मन्त्रालयले गरेको फेरबदल सूची अनुसार गृह मन्त्रालयका दिल कुमार तामाङलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पदस्थापन गरिएको छ भने कपिलवस्तुका प्रजिअ विश्व प्रकाश अर्याललाई गृह मन्त्रालयमा तानिएको छ । यस्तै सुर्खेतका प्रजिअ शंकरहरि आचार्य गृह मन्त्रालय, उदयपुरका प्रजिअ  हरि प्रसाद घिमिरे जिल्ला प्रशासन कार्यालय पर्वतमा पठाइएको छ । 

    गृह मन्त्रालयका सहसचिव जगदीश्वर उपाध्यायलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतको प्रजिअमा पदस्थापन,  भविश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय, नवलपरासी(बर्दघाट सुस्ता पूर्व)मा पदस्थापन गरिएको छ । नवलपरासीका अरुण पोखरेललाई गृह मन्त्रालय, गृह मन्त्रालयका कुमान सिंह गुरुङलाई जिल्ला प्रशासन कार्यालय बागलुङमा पदस्थापन गरिएको छ । 

    त्यसैगरी बागलुङका प्रजिअ नेत्र प्रसाद सुवेदीलाई गृह मन्त्रालय, गृह मन्त्रालयका प्रेम प्रसाद लुईटेँललाई जिल्ला प्रशासन कार्यालय उदयपुर, गृह मन्त्रालयका आनन्द सारूलाई अछाम, अछामका शिव प्रसाद लम्साल र पर्वतका केदारप्रसाद शर्मालाई गृह मन्त्रालयमा तानिएको छ । 

    फेरबदल गर्दा सहसचिवको दरबन्दीमा उपसचिव कार्यरत जिल्ला प्रशासन कार्यालयहरू प्राथमिकता पर्ने बताइए पनि राजनीतिक शक्ति संघर्षका कारण प्रशासनिक तवरले कार्यान्वयन गर्न कठिनाई भई रहेको गृह प्रशासन स्रोत बताउँछ । पछिल्लो समय सहसचिवहरूलाई बरन्डामा राखेर उपसचिवहरूलाई खटाइएको भन्दै आलोचना हुँदै आएको छ ।

    suchi_IEXTzQEV37.webp 

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - १३:०३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij