Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

२५ करोड अवैध रकमबारे विशेष प्रकारको छानबिन समिति गठन गर्न माग

२५ करोड अवैध रकमबारे विशेष प्रकारको छानबिन समिति गठन गर्न माग


  • 1.6K
    Shares

    २५ करोड अवैध रकमबारे विशेष प्रकारको छानबिन समिति गठन गर्न माग

    काठमाडौं । नेकपा माओवादीका सांसद माधव सापकोटाले मङ्गलवार चीनको केरुङतर्फ लैजान लागेको २५ करोड अवैध रकमबारे विशेष प्रकारको छानबिन समिति गठन गर्न माग गरेका छन् । 

    बुधवारको प्रतिनिधिसभा बैठकमा सांसद सापकोटाले उक्त रकमबारे छानबिनका लागि विशेष प्रकारको छानबिन समिति गठनको माग गरेका हुन् । उनले नेपालको इतिहासमै सबैभन्दा ठुलो अवैध रकम बरामद भएको घटनाले सिङ्गो देश तरङ्गित भएको भन्दै यो घटनाले सङ्गठित अपराध र तस्करको जालो कसरी फैलिएको छ भन्ने पुष्टि गरेको बताए । 

    उनले यति ठुलो मात्राको तस्करी माथिल्लो तहको संलग्नताविना सम्भव नहुने भन्दै घटनाको गम्भीरतापूर्वक छानबिन गर्न माग गरे ।  ‘यस्ता प्रकृतिका घटनामा ड्राइभर र भरिया मात्र पक्राउ गर्ने र ढिसमिस हुने गरेको छ । त्यसैले यो घटनामा विशेष प्रकारको छानबिन समिति गठन गरियोस्’, सापकोटाको भनाइ छ । मङ्गलवार प्रहरीले टोखास्थित झोर केरुङतर्फ लैजान लागेको २५ करोड अवैध रकम बरामद गरेको थियो । 

    त्यस्तै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पनि यस्ता घटनामा ड्राइभरलाई पक्राउ गर्ने तर तस्करसम्म नपुग्ने प्रवृत्ति देखिएको भन्दै अहिले पनि भरिया र ड्राइभर नसमात्ने हो भने सरकारले आँखामा छारो हालेजस्तो हुने भन्दै सरकार त्यो तहसम्म पुग्नुपर्ने बताए । राप्रपा सांसद रोशन कार्कीले पनि उक्त घटनाबाट मुलुकमा तस्करी कति बढेको छ भन्ने देखिएको बताइन् ।

    images
    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - १२:१४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij