Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद्‍मा मागे माफी

यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद्‍मा मागे माफी


  • 1.2K
    Shares

    • images
    यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद्‍मा मागे माफी

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफ्नो अभिव्यक्तिप्रति संसद्‍मा क्षमायाचना गरेका छन्। 

    तीन दिनअघि यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति उनले आजको संसद् बैठकमा माफी मागेका हुन्।

    प्रतिनिधि सभाको बैठकको सुरूमै बोल्नका लागि उनले नाम टिपाएका थिए। सभामुखले समय दिएपछि घिमिरेले यसअघि दिएको अभिव्यक्ति कांग्रेस संसदीय दलको नभई आफ्नो निजी बिचार रहेको बताएका हुन्।

    यही चैत ३ गते घिमिरेले संसद्को विशेष समयमा बोल्दै नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए। उनको यो अभिव्यक्तिको संसद् भित्र र बाहिर व्यापक आलोचना भएको थियो। उनकै पार्टी कांग्रेसले पनि उनको आलोचना गरेको थियो।

    आजको संसद् बैठकको सुरुमै बोल्दै घिमिरेले यो आफ्ना व्यक्तिगत धारणा भएको प्रष्टीकरण दिएका हुन्। साथै उनले यो अभिव्यक्तिप्रति क्षमायाचना पनि गरेका छन्।

     ‘मैले व्यक्त गरेको धारणा एउटा सांसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन्। यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा होइन। यी विचारहरुले सम्मानित संसद्का सदस्यहरु एवम् अन्य जनसमुदायमासमेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु,’ बैठकमा घिमिरेले भने। 

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - ११:५६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij