Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

वीरगन्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

वीरगन्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु


  • 5.9K
    Shares

    वीरगन्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

    वीरगन्ज । वीरगन्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

    वीरगन्जस्थित नारायणी अस्पतालमा आइतबार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ५१ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । नारायणी अस्पतालमा शनिबार दिउँसो भर्ना भएकी ती महिलाको उपचारका क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएको हो ।

    ज्वरो , खोकी र निमोनियाको समस्या भएपछि शनिबार उपचारका लागि गण्डकी अस्पतालमा पुगेकी ती महिलाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि शनिबार नै दिउँसो नारायणी अस्पताल  भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा उनको आइतबार दिउँसो मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक निरज सिंहले जानकारी दिए ।

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १४:२७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij