Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ड्रमको डुंगा बनाएर कर्णाली नदी तर्ने क्रममा बेपत्ता युवक मृत भेटिए

ड्रमको डुंगा बनाएर कर्णाली नदी तर्ने क्रममा बेपत्ता युवक मृत भेटिए


  • 1.4K
    Shares

    • images
    ड्रमको डुंगा बनाएर कर्णाली नदी तर्ने क्रममा बेपत्ता युवक मृत भेटिए

    काठमाडौं । कर्णाली नदी तर्ने क्रममा बेपत्ता मजदुरको शव फेला परेको छ। कर्णाली करिडोरको घाटचौर–लैफु सडकमा काम गर्ने मजदुर सोमबार नदीमा बेपत्ता भएका थिए।

    ड्रमको डुंगा चढेर कर्णाली नदी तर्ने क्रममा बेपत्ता भएका मुगुको छायाँनाथ रारानगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक किशोरकुमार केसीले बेपत्ता युवकको शव आफन्तको जिम्मा लगाएइको बताए। उनका अनुसार सेजुवाल १० महिनादेखि कर्णाली करिडोरमा ज्याला मजदुरी गर्थे।

    उनी सोमबार कर्णाली नदी पारिबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुंगा चढेर काम गर्ने ठाउँमा जाँदै गर्दा खसेर बेपत्ता भएका थिए।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १२:५८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij