Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट नयाँ योजना सुरु

एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट नयाँ योजना सुरु


  • 1.3K
    Shares

    एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट नयाँ योजना सुरु
    images

    काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट हरित बचत खाता नामक नौलो बचत खाता योजना सुरु गरेको छ । 

    यो खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिने भएको छ । ग्राहकहरुले आफ्नो लगानिको राम्रो प्रतिफल पाउनुको साथै हरित ऋणहरूमा समेत विशेष छुट पाउने छन्। खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकको भनाई  रहेको छ । 

    एनएमबि बैंकको ग्रीन सेभिङ्स डिपोजिट खाता खोली, ग्राहकले पनि जलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमेलो गर्न सक्ने बैंकले जनाएको छ । सो खाता मार्फत ग्राहकले पनि आफ्नो प्रतिबद्धता जनाउनसक्ने बैंकको विश्वास लिएको  छ ।    

     

     

     

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - ११:४४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij