Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

काठमाडौं प्लाजाका पसलहरुमा नेपाल ट्रष्टको ताल्चा

काठमाडौं प्लाजाका पसलहरुमा नेपाल ट्रष्टको ताल्चा


  • 5.7K
    Shares

    काठमाडौं प्लाजाका पसलहरुमा नेपाल ट्रष्टको ताल्चा

    काठमाडौं । नेपाल ट्रष्टको नियन्त्रणमा आईपुगेको काठमाडौं कमलादीस्थित काठमाडौं प्लाजाको मासिक भाडाको बिषयलाई लिएर काठमाडौं महानगर प्रमुख र उपप्रमुख समूहवीच तनाव उत्पन्न भएको छ । कुनैबेला राजा बीरेन्द्रको नाममा रहेको काठमाडौं प्लाजा लामो प्रक्रिया पछि नेपाल ट्रष्टको अधिनमा आईपुगेको छ ।

    यसअघिका वर्षहरुमा मासिक ६ लाख घरभाडा पाउँदै आएको नेपाल ट्रष्टले काठमाडौं महानगरपालिकालाई भने मासिक ६० लाख अर्थात् दशगुणा बढीमा दिने निर्णय गरेको बुझिएको छ । कन्सेप्ट डेभलपर्स विगत २७ वर्षदेखि सो प्लाजामा बस्दै आएको छ । उसले त्यस भवनमा अरु व्यावसायिक फर्महरुलाई छुट्टै सहमति गरेर भाडामा दिएको छ । उनीहरुसँग बढी भाडा असुल गरेपनि कन्सेप्ट डेभलपर्सले नेपाल ट्रष्टलाई भने मासिक ६ लाख मात्र बुझाउने गरेको ट्रष्ट सम्बध्द सूत्रले बताएको छ ।

    यता आएर सो प्लाजा खाली गराउन पटक पटक सूचना दिँदा पनि अटेर गरेर बसेपछि ट्रष्टले पसल र व्यावसायिक कार्यालयहरुमा धमाधम सिल्ड गर्दै बन्द गराउन थालेको छ ।

    यता मासिक ६ लाख मात्र भाडा लिईरहेको ट्रष्टलाई एक्कासी ६० लाख ५० हजार तिर्न काठमाडौं महानगरपालिका तयार भएपछि विवाद चर्किएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्य समूहले यही रकम बराबर भाडा तिरेर कार्यालय सार्न तयारी गरेपछि उपप्रमुख खड्गी समूहले विरोध गरेको छ । तर महानगर प्रमुखको सो निर्णयलाई रोकेर निर्णय बदर गराउन उपप्रमुख हरिप्रभा खड्गी समूह असफल भएपछि महानगरले अत्यन्त महँगो भाडा तिरेर कार्यालय सार्न लागेको थाहा भएको छ ।

    यसरी बढी रकम तिर्दा कार्यालय भाडामा मात्र महानगरले वार्षिक ७ करोड २६ लाख खर्च गर्नुपर्ने छ । भाडामा मात्र त्यति ठूलो रकम तिर्नुभन्दा थप बजेट जुटाएर आफ्नै नयाँ भवन निर्माण गर्नतिर ध्यान दिनुपर्ने महानगरका सदस्यहरुको सुझाव भएपनि महानगर प्रमुखले त्यसलाई नसुनेको सदस्यहरु बताउँछन् ।

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १३:४७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij