Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

राजीनामा दिइसकेका शिक्षकको नाममा तलब निकालेर डेढ लाखभन्दा बढी झ्वाम्

राजीनामा दिइसकेका शिक्षकको नाममा तलब निकालेर डेढ लाखभन्दा बढी झ्वाम्


  • 1.5K
    Shares

    राजीनामा दिइसकेका शिक्षकको नाममा तलब निकालेर डेढ लाखभन्दा बढी झ्वाम्

    काठमाडौं । जनता माध्यमिक विद्यालय (प्राविधिक) गोलबजारमा अर्को एउटा अनियमितताको प्रमाण भेटिएको छ । राजीनामा दिई अवकाश लिएका शिक्षकको नामबाट १ लाख ५३ हजार रकम तलबबापत निकासा लिएर हिनामिना गरिएको पाइएको हो ।

    प्राविधिकतर्फका निमावि स्तरका शिक्षक अन्तराम यादवले मिति २०८१ वैशाख २६ गते राजीनामा दिएका थिए । त्यसकै भोलिपल्ट २७ गतेको मितिबाट लागू हुनेगरी तत्कालीन प्रधानाध्यापक भरत साहले स्वीकृत गरिदिए ।

    विद्युत इन्जिनियर शिक्षक अन्तराम यादवले नेपाल विद्युत प्राधिकरणमा नाम निकालेर शिक्षकबाट राजीनामा दिएका थिए । उनी अहिले प्राधिकरण राजविराजमा कार्यरत छन् ।

    आफैँले राजीनामा स्वीकृत गरी अवकाश दिएका शिक्षक अन्तराम यादवको नामबाट प्रधानाध्यापक भरत साहले तलब निकासा गराई १ लाख ५३ हजार ९ सय २० रूपैयाँ अपचलन गरेका छन् । शिक्षक यादवको २०८१ आसोज महिनासम्मको तलब, भत्ता र दशैँ पेश्कीसमेत गोलबजार नगरपालिकाबाट निकासा मागिएको नगरपालिका स्रोतले जनाएको छ ।

    गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठको सहमतिमा तत्कालीन शिक्षा शाखा प्रमुख सुवोध लामा, लेखापाल रामेश्वर साह र प्रधानाध्यापक भरत साहको मिलिभगतमा रकम निकासा भएको जानकारहरू बताउँछन् ।

    नगरपालिकाबाट निकासा लिएर शिक्षक यादवको कीर्ते हस्ताक्षर गरी विद्यालयबाट नगदै तलब भुक्तानी लिएको र बाँडफाँट गरी हिनामिना गरेको आशंका गरिएको छ । शिक्षक यादवले दिएको राजीनामा पत्र र गोलबजार नगरपालिकाले विद्यालयलाई निकासा दिएको तलबको फाँटवारीसमेत प्राप्त भएको छ ।

    यस सम्बन्धमा अवकाश लिएका शिक्षकसँग बुझ्दा उनले भने,‘मैले २०८१ वैशाख २६ गतेसम्मको तलब बुझेको छु । आवश्यक परे बैंक स्टेटमेन्ट देखाउन सक्छु । त्यो भन्दा बढी कैफियत भएको रहेछ भने हेडमास्टरलाई सोध्नुस् । उनी नै जिम्मेवार हुनुपर्छ ।’

    उनीहरु तीनैजनालाई नगरपालिकामा जगेडामा राखेर हाजिर गराइएको छ । विमला झा तलब हिनामिना प्रकरणमा मुद्दा चलाउनुको सट्टा लामा, प्रअ साह र लेखापाल साहलाई जोगाउन मेयर श्रेष्ठले कागज पत्र मिलाइ दिएको स्रोत बताउँछ ।

    पदबाट हटाइएका शिक्षा शाखा प्रमुख लामाले ‘रकम खाने बेला बाँडेर खाने अहिले मलाई मात्र कारवाही गर्ने हो भने म त डुब्छु सँगसँगै सबैलाई लिएर डुब्छु’ भनेर घुर्की लगाएपछि मेयर श्रेष्ठ उनको बचाउमा उत्रिएको नगरपालिका स्रोत बताउँछ ।

    images
    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १४:२२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij