२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल बिजनेस समिट २०२५ को दोस्रो संस्करणमा वल्र्डलिंक कम्युनिकेशन्सले इन्टरनेट साझेदारको रुपमा साझेदारी गर्ने भएको छ ।
ल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडका तर्फबाट अध्यक्ष दिलिप अग्रवाल र नेपाल बिजनेश इन्स्टिच्युटका तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
Economy for a Sustainable and Resilient Future भन्ने मूल नाराका साथ आयोजना हुने यो वर्षको सम्मेलनमा आर्थिक, बैंकिङ, उद्योगरव्यावसायिक तथा अधिक सम्भावना बोकेका क्षेत्रमा देखिएका जल्दाबल्दा विषयमा केन्द्रित रहेर सम्बन्धित विषयरक्षेत्रका स्वदेशी तथा विदेशी प्राज्ञरविज्ञ, उदीयमान युवा तथा महिला उद्यमीहरूबीच सघन छलफल, बहस तथा अन्तरक्रिया गरिनेछ ।
वल्र्डलिंक कम्युनिकेशन्सका अध्यक्ष दिलिप अग्रवालले स्टार्टअप, इनोभसन र सुचना, प्रविधिको विकासमा सरकारले प्राथमिकता दिनुपर्ने बताए । राष्ट्रियस्तरमा आयोजना हुने यसखाले सम्मेलनले सरकारको निति निमार्णमा सहजिकरण र निजिक्षेत्र मैत्री बातावरण निमार्णमा सहयोग पुग्ने बताएका छन् ।
उक्त बहस सत्रबाट प्राप्त हुने दूरगामी महत्त्वका बहुपयोगी सुझाव समावेश भएको निष्कर्ष प्रतिवेदन बनाई उचित कार्यान्वयनका लागि तीनै तहका सरकारलाई हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij