Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

गोलभेँडा खाने सहि तरिका

गोलभेँडा खाने सहि तरिका


  • 2.6K
    Shares

    गोलभेँडा खाने सहि तरिका
    images

    काठमाडौं ।  गोलभेँडामा कयौं जरुरी भिटामिन सी, फोलेट एसिड र अन्य भिटामिन जस्ता पोषक तत्व हुन्छ । जसले प्रतिरोध क्षमता बढाउँछ । छालाको चमक बढाउँछ ।

    तौल नियन्त्रण :गोलभेँडा खानेहरुको तौल नियन्त्रण हुनसक्छ । जसमा फाइबर अत्याधिक र क्यालोरी निकै कम हुन्छ । जसले पेट भरिन्छ । तौल पनि बढ्दैन ।

    छालामा चमक: गोलभेँडा नियमित खाँदा छालामा चमक र चाहुरीपना कम हुँन्छ । काँचो गोलभेडा छालामा लगाउँदा छाला ताजा र सुन्दरतामा निखार आउँछ ।

    गोलभेँडा हानि: गोलभेँडा काँचो खानु फाइदाजनक हो । तर, आजभोली यसमा विषादीको प्रयोग बढी हुने हुँदा राम्रोसँग पकाएर मात्र खानु ठिक हुन्छ । यसमा बढी एसिडिक तत्व हुने हुँदा बढी खाँदा पाचनमा समस्या हुन्छ ।

    सलाद खाँदा सावधान: सलादको रुपमा खाँदा यसको बिँया झिक्नुपर्छ । किनकी, एसिडिक तत्व यसमै हुन्छ । जसले पेट पोल्ने समस्या गराउँछ ।

    एलर्जीको समस्या: यो फल खाँदा एलर्जी हुन्छ भने नखाएकै बेस हुन्छ । एलर्जी हुँदा छालामा रातो डाबर आउने र चिलाउने हुनसक्छ ।

    गर्मी गराउँछ: यसको सेवन बढी गर्दा शरीरमा तापमान बढेर गर्मी हुने र पेट पोल्ने समस्या हुनसक्छ । त्यसैले, सन्तुलित मात्रामा खानु उचित हुन्छ ।

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १३:११:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij