Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

छुरा प्रहारबाट युवकको हत्या प्रकरण: सडकमा शव राखेर प्रदर्शन, जलेश्वर-जनकपुर सडक ठप्प

छुरा प्रहारबाट युवकको हत्या प्रकरण: सडकमा शव राखेर प्रदर्शन, जलेश्वर-जनकपुर सडक ठप्प


  • 1.8K
    Shares

    • images
    छुरा प्रहारबाट युवकको हत्या प्रकरण: सडकमा शव राखेर प्रदर्शन, जलेश्वर-जनकपुर सडक ठप्प

    काठमाडौं । छुरा प्रहारबाट हत्या गरिएका जनकपुरधाम उपमहानगरपालिका २३ का १९ वर्षीय आँशु यादवको परिवार र स्थानीय आन्दोलित बनेका छन् ।

    मृतक आँशुका परिवार र स्थानीयले जनकपुर(जलेश्वर सडकखण्ड ठप्प पारेका हुन् । उनीहरु आँशुको शव सडकमै राखेर प्रदर्शनमा उत्रेपछि सवारीसाधन ठप्प भएको छ । हत्या घटनामा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने पीडित परिवारको माग छ ।

    होली खेल्ने क्रममा आँशुमाथि छुरा प्रहार गरिएको थियो । छाती र पेटमा छुरा प्रहार गरेकाले उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिसकेको छ ।

    मृतककी आमाले घटनामा धर्मेन्द्र बाहेक अन्य व्यक्तिको पनि संलग्नता रहेको दावी गरेकी छन् । छोराको शव सडकमा राख्न पुगेकी उनले भनिन्, ‘पुरानो रिसईबीले मेरो छोराको हत्या गर्यो । सबैलाई भनिरहे मेरो छोरालाई नमार्नु । तर मेरो पुकार कसैले सुनैनन् । निर्ममतापूर्वक छोरामाथि छुरा हानेर हत्या गर्यो । सबै अपराधीलाई प्रहरीले पक्राउ गर्नुपर्छ ।’

    आन्दोलनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले पोष्टमार्टमपछि शव बुझेर गाउँमा लगेर आन्दोलन थालेको बताए । उनका अनुसार पीडित परिवारले घटनामा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने र क्षतिपुर्तीको माग गरेका छन् ।

    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - १६:५४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij