Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

थापाथली क्याम्पसका प्रजेशले पाए ‘श्री शंकरलाल अग्रवाल गोल्ड मेडल २०८१’

थापाथली क्याम्पसका प्रजेशले पाए ‘श्री शंकरलाल अग्रवाल गोल्ड मेडल २०८१’


  • 1.4K
    Shares

    • images
    थापाथली क्याम्पसका प्रजेशले पाए ‘श्री शंकरलाल अग्रवाल गोल्ड मेडल २०८१’

    काठमाडौं । इन्स्टिट्युट अफ इञ्जिनियरिङ (आईओई), थापाथली क्याम्पसले आफ्नो ५९औँ वार्षिक समारोह समापन गरेको छ । बुधवार क्याम्पसको प्रांगणमा एक भव्य कार्यक्रमको आयोजना गर्दै समारोह समापन भएको छ।

    संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शंकर ग्रुपको भगिनी संस्था जगदम्बा स्टिलको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो।

    कार्यक्रममार्फत वि.सं.२०८१ सालको त्रिभुवन विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ संकायको परीक्षामा थापाथली क्याम्पसको स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल प्रजेश श्रेष्ठलाई सम्मान गरिएको छ।

    शैक्षिक उत्कृष्टता प्रदर्शन गर्दै स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याएका उनलाई “श्री शंकरलाल अग्रवाल स्वर्ण पदक – २०८१”, प्रमाणपत्र तथा नगद रु.५१,००० पुरस्कारसहित सम्मानित गरिएको हो।

    उक्त कार्यक्रम इञ्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा.सुशील बहादुर बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। 
    साथै, विशेष अतिथिका रूपमा शंकर ग्रुपका निर्देशक (संचालन तथा मार्केटिङ) रवि प्रकाश र थापाथली क्याम्पसका क्याम्पस प्रमुख डा. खेम ज्ञवलीलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - १५:००:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij