Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सार्वजनिक जग्गामा निर्माण भइरहेको घर भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार

सार्वजनिक जग्गामा निर्माण भइरहेको घर भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार


  • 1.6K
    Shares

    सार्वजनिक जग्गामा निर्माण भइरहेको घर भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार

    काठमाडौं । पोखरामा सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार भएको छ । वडा नम्बर २१ का अध्यक्ष दीपक सुवेदीसहित जनप्रतिनिधिहरूलाई हातपात भएको हो । 

    शनिबार निर्मलपोखरीको बाँझीपोखरीमा निर्माणाधीन संरचना हटाउन पुगेका सुवेदी र वडा सदस्य विमला केसीलाई संरचना निर्माण गराएका स्थानीय भूपेन्द्र गिरीले रड प्रहार गरेका थिए भने अपशब्द बोलेका थिए ।

    संरचना हटाउन नगर प्रहरी पुगेपछि रोकिएको थियो । मैले राज्यको नियम पालना गराउन गएको हुँ । तर मैमाथि ज्यान मार्ने उद्देश्यले रड प्रहार भयो, अध्यक्ष सुवेदीले भने । घटनाको मयर धनराज आचार्यले पनि विरोध जनाएका छन् । 

    सार्वजनिक जमिन अतिक्रमण गरी संरचना बनाएको खबर पश्चात् सो संरचना हटाउन अनुरोध  गर्दै कागजपत्र लिएर कार्यालय आउन अनुरोध गर्दा  अटेर गरी उल्टै नगर प्रहरी, वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरूमाथि हातपात र  आक्रमण भयो, आचार्यले भने, यो घटना निन्दनीय छ । यस गलत काम विरुद्ध कानुनी कारबाही सुनिश्चित भइरहेको छ । उनले गिरीमाथि कानुनी कारबाही हुने चेतावनी दिए ।

    images
    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - १४:२१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij