Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

विद्यार्थीले लेखिरहेकै बेला विश्वविद्यालयले परीक्षा स्थगित गरेपछि…

विद्यार्थीले लेखिरहेकै बेला विश्वविद्यालयले परीक्षा स्थगित गरेपछि…


  • 1.9K
    Shares

    विद्यार्थीले लेखिरहेकै बेला विश्वविद्यालयले परीक्षा स्थगित गरेपछि…

    काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा प्रश्न पत्र र उत्तर पुस्तिका वितरण भई विद्यार्थीले लेख्दालेख्दै परीक्षा स्थगित भएको छ । आइतबार बिहान साढे ६ बजेबाट सुरु भएको परीक्षा सम्पन्न नहुँदै स्थगन भएको हो ।

    ‘ग्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स’अन्तर्गत स्नातक तह प्रथम र सातौँ समेष्टरको परीक्षा एक्कासी स्थगित गरिएको हो । एमयूमा चैत १८ गते स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन हुँदैछ । सोही निर्वाचनलाई कारण देखाउँदै परीक्षा चलिरहेकै बेलामा स्थगन गरेको हो ।

    आइतबार बिहानै विद्यार्थीहरू परीक्षा दिन कक्षामा पुगेका थिए । प्रश्न पत्र र उत्तर पुस्तिका पनि वितरण भई विद्यार्थीले लेख्न थालेको ३५ मिनेटपछि एक्कासी परीक्षा स्थगन भएको सूचना आएको एक विद्यार्थीले बताएका छन्।

    आफूहरूलाई पूर्वजानकारी बिना परीक्षा स्थगन गरिनु विश्वविद्यालयको गम्भीर त्रुटि भएको विद्यार्थीको गुनासो छ । मध्यपश्चिम विश्वविद्यालय ‘ग्राजुयट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स’अन्तर्गत सञ्चालित सम्पूर्ण केन्द्रीय विभागका विभागीय प्रमुखहरूको आइतबार बिहान बसेको संयुक्त विभागीय बैठकले परीक्षा स्थगन गरेको जनाएको छ ।

    ‘‘स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिको पत्रानुसार चैत्र ३ गतेदेखि हुने भनिएको स्नातक तह प्रथम र सातौँ सेमेस्टरको मध्यवर्ती परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विश्वविद्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

    image-77.webp

     

     

    images
    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - १३:५२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij