Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ग्याँस सिलिन्डर पड्किंदा ३ जना घाइते

ग्याँस सिलिन्डर पड्किंदा ३ जना घाइते


  • 2.0K
    Shares

    • images
    ग्याँस सिलिन्डर पड्किंदा ३ जना घाइते

    धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएका छन् ।

    धनगढी उपमहानगरपालिका-६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सिलिन्डर पड्किंदा खड्कासहित स्थानीय ग्याँस बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका हुन् । उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको छ ।

    जोशीको पसलबाट ग्यास लगेकी खड्काले जोड्नका लागि समेत उनलाई घरमा बोलाएकी थिइन् । जोशीले सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - ०८:५९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij