२०८२ फाल्गुण ३० गते शनिवार
सप्तरी । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सप्तरीको कन्चनपुर नगरपालिका ७ बलुवा बस्ने १९ वर्षीय सुनिल कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
यादवले ती बालिकालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij