Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आज पहाडी भूभागमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आज पहाडी भूभागमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना


  • 2.0K
    Shares

    आज पहाडी भूभागमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।

    यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    अहिले सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू–भागको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। दिउँसो पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    आज राति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली  प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा  राति मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

    कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा राति हल्का हिमपातकोसमेत सम्भावना छ। 

    images
    प्रकाशित मिति :चैत्र २ २०८१ शनिवार - ०९:५९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij