Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

घरमा आगो भित्र्याएपछि मात्र होली सुरु हुन्छ

घरमा आगो भित्र्याएपछि मात्र होली सुरु हुन्छ


  • 1.4K
    Shares

    • images
    घरमा आगो भित्र्याएपछि मात्र होली सुरु हुन्छ

    काठमाडौं । शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका आशीष चौधरीले बिहीबार होलिका अवसरमा नयाँ आगो घर भित्र्याए । होलिका जलाइएको ठाउँबाट चौधरीले बलिरहेको गुइँठा घर ल्याएका हुन् । गुरुवाले तान्त्रिक विधिबाट शुद्ध गरेको आगो घर भित्र्याएर पुराना आगो फालिएको छ ।

    चौधरी जस्तै गाउँका सबैजनाले होलिका जलाएको ठाउबाटै नयाँ आगो घरघरमा लगेका छन् । त्यही आगोले देउथुनवामा बत्ती बाल्ने र घरमा खाना पाकाउने वैदिककालदेखिकै चलन रहेको बुढापाकाको भनाइ छ । नयाँ आगोलाई अर्को वर्षको होली नआउँदासम्मका लागि राख्ने चलन रहेको थारु बुद्धिजीवी नरेन्द्रप्रसाद चौधरीले बताए । नयाँ आगो भित्रयाएमा धनधान्यले परिपूर्ण हुने, अन्नको कमी नहुने, रोगव्याधी नलाग्ने विश्वास थारु समुदायमा रहेको उनले बताए । पुर्खौंदेखि चल्दै आएको चलन अहिले पनि पुस्तान्तरण हुँदै जीवित रहेकामा उाले सन्तोष व्यक्त गरे ।   

    “बडघरको घरमा जम्मा भयौँ”, नरेन्द्रले भने, “तेल, गुड, ल्वाङ र गहुँको पीठोमा मिसाएर निरहार रहेका गाउँका एक जनालाई बम्ना ९बाहुन० बनाएर एकपल्टे रोटी पकायौँ, बेलुका गाउँको देउथानमा परम्परागत विधिअनुसार होल्का डुङग्ना गरेपछि नयाँ आगो भित्र्याएका छौँ ।” नयाँ आगो घरमा ल्याएपछि कुल देवताको स्मरण गर्दै मदिरा, जल, अगरबत्तीलगायत चढाएर पूजा गरेपछि चुल्होमा नयाँ आगो बाल्ने कार्य गरिएको उनको भनाइ छ । 

     सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठलगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ । थारु गाउँका गुरुवा, वरघरघरियाले देउथानमा रोटी, गुडले पूजा गरी दियो बालेपछि परिक्रमा गर्दछन् । यसरी परिक्रमा सकेपछि उक्त थुम्कोमा आगो लगाउने गर्दछन । आगो भने गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिन्छ । आगो लगाउन आएका सबैलाई रोटी र गुडप्रसादका रुपमा समान बाँड्ने चलन छ । 

    घरघरमा आगो लैजान आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो गाउँका भद्रभलादमीले निभाउने गर्दछन् । आगलागीलगायत घटना नहुन् भनेर बाटोमा छुटेको आगो निभाइने गरिएको चेतराज चौधरीले बताए । पहिलो दिन नयाँ आगो घरमा भित्र्याएपछि आज दोस्रो दिन बिहानै गाउँका महिलाले होलीका जलाएको ठाउमा पानीले सफा गरी बह्रनी  सफा गर्ने गर्दछन् । होलिका जलाएको खरानी बोकेर घर फर्किएका छन् ।  

    होलीको  लगाउनुअघि घरपरिवारलाई होलिका जलाएको खरानी देउथनुमा  चढाएर ढोग गरेपछि खरानीसहित परिवारलाई रङ लगाउने तयारी सुरु गरिएको छ । होलिका जलाएको खरानी घरपरिवारमा प्रसादका रूपमा लगाएपछि मात्रै रङको होली खेल्ने परम्परा थारु समुदायमा रहेको गहनु चौधरीको भनाइ छ । 

    घरपरिवारमा खरानीको टीका लगाइसकेपछि होलीको रङ लगाएर एक आपसमा खुसियाली साटासाट गर्ने र होली खेल्ने काम सुरु हुन्छ । तीन दिनसम्म होली मनाइने गरिन्छ । थारु बुढापाकाका अनुसार पहिलो दिन पानीले, दोस्रो दिन रङ र तेस्रो दिन हिलो एकअर्कामा छयापेर होली मनाइन्छ । 

    बदलिँदो परिवेशअनुसार हाल हिलो छ्यापेर होली मनाउने चलन भने हुन छाडेको छ । होलीका अवसरमा मान्यजनबाट अबिर लगाउने, एकापसमा खुसियाली साटासाट गर्ने गरिन्छ । ढोगसलाम लाग्ने कार्य हुन्छ । होलीमा विगतको रिसराग भुलेर एर्कालाई रङ दल्ने गरिन्छ । रमाइलोका लागि होली खेल्ने, नाचगान गर्ने चलन थारु समुदायमा छ । घरभन्दा बाहिर रहेका होलीका अवसरमा घर फर्कने गर्दछन् । परिवारका साथ बसेर भलाकुसारी गर्ने अवसर यसबेला जुर्ने गर्दछ ।

     

    प्रकाशित मिति :चैत्र १ २०८१ शुक्रवार - १४:५५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij