२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ । आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ पुगेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १३ सय रुपैयाँ कायमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij