२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको थियो ।
बिहीबार सार्वजनिक बिदा भएकाले मूल्य निर्धारण भएको थिएन । शुक्रबार भने सुनको मूल्यमा एकैसाथ ४ हजार रुपैयाँ बढेर तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको छ ।
यसअघि सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँको रेकर्ड थियो भने आज रेकर्ड तोडेर अहिले मूल्य उच्च बन्न पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij