Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नेपाल पिछडा वर्ग महासंघको १० औँ दिन पनि आन्दोलन जारी

नेपाल पिछडा वर्ग महासंघको १० औँ दिन पनि आन्दोलन जारी


  • 1.4K
    Shares

    नेपाल पिछडा वर्ग महासंघको  १० औँ दिन पनि आन्दोलन जारी

    काठमाडौं । नेपाल पिछडा वर्ग महासंघले विभिन्न ५  बुँदे माग राखी फागुन १९ गते सोमबारदेखि काठमाडौँको माइतीघर मण्डलामा आन्दोलन १० औँ दिन पनि जारी राखेको छ । 

    १० दिनदेखि धर्नामा बस्दै आए पनि सरकारले बेवास्ता गरेको भन्दै पिछडावर्ग महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले अब कडा आन्दोलन गर्न राज्यले बाध्य पारिरहेको आरोप लगाएका छन् । पिछडावर्गको धर्नामा नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपाली, नेता लवकुश बैठक र नेकपा नेपाल दलित मुक्ति संगठनका अध्यक्ष गणेश विश्वकर्मासहितले बुधबार ऐक्यबद्धता जनाएका छन् ।

    नेपाल सरकार र नेपाल पिछडावर्ग महासंघ, दलित संघ तथा वादी समुदायबिच भएको सम्झौताहरू लागू गर्नुपर्ने र तीनवटै विकास समितिमा लामो समयदेखि कार्यरत अवकासित कर्मचारीलाई यथाशीघ्र पुनः नियुक्ति गर्न माग गरी रहेको  छ ।

    images
    प्रकाशित मिति :फाल्गुण २८ २०८१ बुधवार - १४:५८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij