२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । फलामको रडले हिर्काएर देवरले भाउजूको हत्या गरेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १० बुलबुले मार्गका ४८ वर्षीय मोहन राज भण्डारीले आफ्नी भाउजू ४८ वर्षीया रोशनी राज भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ।
बाटोमा हिडिँरहेकी रोशनीलाई मोहनले लखेटेर रडले हिर्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए । ‘देवरले भाउजूलाई फलामको रडले टाउकोमा हिर्काएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ उनले भने।
फलामको रड प्रहार भएपछि गम्भीर घाइते भएकी रोशनीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। उनको उपचारकै क्रममा शनिबार राति नै मृत्युु भएको चिकित्सकहरूले बताएका छन् । प्रहरीले मोहनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij