Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एसईईमा ४ जीपीए ल्याउनेलाई बारपाक सुलिकोटले एक लाख दिने

एसईईमा ४ जीपीए ल्याउनेलाई बारपाक सुलिकोटले एक लाख दिने


  • 1.4K
    Shares

    • images
    एसईईमा ४ जीपीए ल्याउनेलाई बारपाक सुलिकोटले एक लाख दिने

    काठमाडौँ । पालिकाले एक सूचना जारी गर्दै ४ जीपीए ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो ।

    २८ फागुन, गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिकाका विद्यार्थीलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।

    मंगलबार एक सूचना जारी गर्दै ४ जीपीए ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो ।
    त्यस्तै  ३.९०देखि ३.९९ जीपीए ल्याउनेलाई ५० हजार, ३.८० देखि ३.८९ जीपीए ल्याउनेलाई २५ हजार, ३.७० देखि ३।७९ जीपीए ल्याउनेलाई २० हजार र ३.६० देखि ३.६९ जीपीए ल्याउनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने पालिकाले जनाएको छ ।

    यसवर्षको एसईई परीक्षा ७ चैतदेखि सञ्चालन हुँदैछ । बारपाक सुलिकोट गाउँपालिकाबाट यसवर्ष नियमिततर्फ २९८ जनाले एसईई परीक्षा दिँदैछन् । ग्रेड वृद्धितर्फ ७३ जना सहभागी हुने पालिकाको सूचनामा उल्लेख छ ।
    परीक्षाका लागि विद्यार्थीलाई मनोबल बढाउँदै थप हौसला प्रदान गर्न प्रोत्साहन रकम घोषणा गरिएको पालिका अध्यक्ष बिष्णु भट्टले बताए ।

    ‘गत २५ माघमा बसेको गाउँ कार्यपालिकाको बैठकले यो निर्णय गरेको हो,’ उनले भने, ‘आगामी वर्षहरूमा पनि यो कार्यक्रमले निरन्तरता पाउँछ ।’ शिक्षाको गुणस्तर कामय गर्न पनि यसले सहयोग पुग्ने उनको अपेक्षा छ ।

     

    प्रकाशित मिति :फाल्गुण २८ २०८१ बुधवार - १२:५३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij