Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

फेरि बढ्यो इन्धनको मूल्य

फेरि बढ्यो इन्धनको मूल्य


  • 6.5K
    Shares

    फेरि बढ्यो इन्धनको मूल्य

    काठमाडौँ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ तथा हवाई इन्धनमा दुई रुपैयाँ वृद्धि गरेको छ ।

    भारतबाट भाउ बढेर आएपछि स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    मूल्य समायोजनपछि पेट्रोलको १२१ तथा डिजेल र मटीतेलको १०४ रुपैयाँ तथा हवाई इन्धनको ७६ रुपैयाँ प्रतिलिटर कायम भएको छ । मूल्य समायोजनापछि पनि निगमलाई अर्धमासिक रुपमा ७० करोड ६६ लाख रुपैयाँ घाटा रहेको आयल निगमले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १०:३०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij