Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

यो व्यवस्थालाई लिएर रिसाएका नागरिकलाई फकाउनुपर्छ : गगन थापा

यो व्यवस्थालाई लिएर रिसाएका नागरिकलाई फकाउनुपर्छ : गगन थापा


  • 1.9K
    Shares

    • images
    यो व्यवस्थालाई लिएर रिसाएका नागरिकलाई फकाउनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्ने र सचेत रहनुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै थापाले जनताको असन्तुष्टिलाई केही पनि होइन भन्ने अहंकार कसैले राख्न नहुने बताए ।

    ‘जनता असन्तुष्ट छन् । त्यो असन्तुष्टिभित्र आक्रोश छ । यसलाई नजरअन्दाज गर्न हुँदैन,’ उनले भने, ‘यहाँ केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार हामीले राख्न हुँदैन । जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्छ र सचेत रहनुपर्छ ।’

    सांसद थापाले २०६२र०६३ को जनआन्दोलनमा साथ दिएको नागरिक पंक्ति पनि यतिबेला असन्तुष्ट रहेकोले संवाद गर्नु पर्ने सुझाए ।

    ‘त्यो नागरिकको पंक्ति जो हिजोको २०६२र०६३ को जनआन्दोलनमा हामीसँग उभियो । जसले त्यत्रो परिवर्नतमा हामीलाई साथ दियो । जो आज रिसाएको छ, जो आज असन्तुष्ट छ । जो आज आक्रोशित छ । उनको कुरा सुन्नुपर्छ । उनीहरूसँग संवाद गर्नुपर्छ,’ उनले भने ।

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १४:५०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij