२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । चन्द्रपुर रौतहटले उत्पादन गरेको वातावरणमैत्री सालको दुना–टपरीको माग अत्यधिक बढेको छ।
समूहमा आबद्ध महिलालाई उद्यमशीलता विकास गर्ने उद्देश्यले मेसिनको सहायताले दुना–टपरी उत्पादन गर्दै छ। समूहमा आबद्ध महिलाले सालको पात टिपेर पञ्चिङ मेसिनमार्फत उत्पादन गरिएको दुना–टपरीको माग थेग्न सकेको छैन ।
हातेमालो सामुदायिक उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोकरले समूहमा आबद्ध महिलालाई उद्यमशीलता विकास गर्न सालको दुना–टपरीको व्यावसायिक उत्पादन गर्दै आएको बताएका छन्। ग्राहक आफैं समूहको कार्यालयमा आएर टपरी लिएर जान छन् ।
सालको पातबाट बनाइएको प्रतिटपरीको मूल्य रु ४, ठूलो दुनाको रु २ र सानो दुनाको रु १ बजार मूल्य तोकिएको छ। उत्पादन भएको दुना–टपरीबाट महिला उद्यमीलाई आवश्यक पर्ने सबै खर्च दिएर समूहले मासिक रु ३०,००० भन्दा बढी रकम बचत गर्दै आएको छ।
टपरी बनाउनको लागि सालको पातलाई सामान्य तरिकामा खुटेर फलामको डाइमेसिनमा राखेर टपरी वा दुनाको आकार दिने गरिन्छ। २०८० जेठ १० गतेदेखि व्यावसायिक रूपमा सालको दुना–टपरी उत्पादन गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij