२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौंमा बैंकिङ कसुर गरी फरार एक अभियुक्त सप्तरीबाट पक्राउ परेको छ ।
सप्तरीको राजविराज नगरपालिका–१६ बोरियास्थित घरमा लुकिछिपी बसेको अवस्थामा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई शुक्रबार पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा राजबिराज नगरपालिका– १६ का करण कुमार दास रहेका छन् । दासविरुद्ध उच्च अदालत पाटनको संयुक्त वाणिज्य ईजलासले बैंकिङ कसुर मुद्दामा गत मङ्सिर १५ गते १० दिन कैद र १२ लाख जरिवाना ठहर गर्दै फैसला सुनाएको थियो ।
पक्राउ परेका दासलाई फैसला कार्यान्वयनका लागि शुक्रबार नै सप्तरी जिल्ला अदालत बुझाइने जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जनाए ।
काठमाडौं महानगरपालिका–४ घर भएका नवमैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक डिल्लीप्रसाद भट्टराईले दासविरुद्ध उजुरी गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij