Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बैतडीका २८ वर्षका मीनसिंह मलेसियामा बेपत्ता

बैतडीका २८ वर्षका मीनसिंह मलेसियामा बेपत्ता


  • 1.7K
    Shares

    • images
    बैतडीका २८ वर्षका मीनसिंह मलेसियामा बेपत्ता

    बैतडीका एक युवक मलेसियामा बेपत्ता भएका छन् । रोजगारीका लागि त्यहाँ रहेका मेलौली नगरपालिका–८ कोटिगाउँका २८ वर्षका मीनसिंह ठगुन्ना बेपत्ता भएका हुन्।  

    मलेसियाको रमाटेक्स कम्पनीमा कार्यरत ठगुन्ना फागुन १३ गतेदेखि सम्पर्कविहीन भएका बुवा बहादुरसिंह ठगुन्नाले जानकारी दिए। १२ गते रातिसम्म फोन सम्पर्क भएको र १३ गतेदेखि सम्पर्क हुन नसकेको उनको भनाइ छ। 

    ठगुन्ना १० वर्षअघि रोजगारीका लागि मलेसिया गएका थिए। काम गर्ने क्रममा टाउकोमा गम्भिर चोट लागेको थियो। त्यसको चार/पाँच दिनपछि छोरो सम्पर्कविहीन भएको बुबा बहादुरसिंहले बताए।

    टाउकोमा चोट लागेपछि मानसिक अवस्था कमजोर भएका ठगुन्ना एक्कासी कोठाबाट भागेको उनीसँगै कोठामा बस्दै आएका नेपाली साथीले जानकारी दिएको बाबु बहादुरसिंहले बताए।  

    'टाउकोमा चोट लागेको दुई/तीन दिनपछि एक्कासी बरबराउने, डराउनेलगायत लक्षण देखाउने गरेका थिए, १३ गतेराति नै मोबाइल कोठामा छोडेर भागेका रहेछन्, आजसम्म भेटिएनन्', बुबा बहादुरसिंहले छोराका साथीलाई उदृत गर्दै भने, 'काम गर्ने कम्पनीले पनि त्यहाको प्रहरीलाई छोरो सम्पर्कमा नरहेको जानकारी गराएको र बस्दै आएको कोठासमेत खाली गरिदिएको खबर पाएको छु।'

    मेलौली नगरपालिका–८ का वडाअध्यक्ष तपेन्द्रसिंह बिष्टले परराष्ट्र मन्त्रालयलाई खोजीका लागि आवश्यक पहल गरी दिन आग्रहसहित सिफारिस गरिएको जानकारी दिए। जिल्लाकै भएकाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई समेत परराष्ट्रसँग आवश्यक समन्वय गरी खोजि गरिदिन आग्रह गरिएको वडा अध्यक्ष बिष्टको भनाइ छ।

    प्रकाशित मिति :फाल्गुण २४ २०८१ शनिवार - २०:४३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij