Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कालीमाटीमा नेपाली बन्दा प्रतिकिलो मूल्य १०, कुन तरकारीको भाउ कति?

कालीमाटीमा नेपाली बन्दा प्रतिकिलो मूल्य १०, कुन तरकारीको भाउ कति?


  • 1.9K
    Shares

    • images
    कालीमाटीमा नेपाली बन्दा प्रतिकिलो मूल्य १०, कुन तरकारीको भाउ कति?
    images

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्य निर्धारण गरेको छ। 

    कालीमाटीमा आज पनि गोलभेँडा, आलु, फर्सी, काउली, भेन्टा, बन्दासहितका तरकारीको मूल्य अरु तरकारीको दाँजोमा कम छ। 

    कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा २२, सानो नेपाली गोलभेँडा १८, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, भारतीय रातो आलु ३१, सुकेको भारतीय प्याज ६२, तराईको गाँजर २७, लोकल बन्दा १०, स्थानीय काउली १७, लाम्चो भन्टा ३५ रुपैयाँ प्रतिकिलो छ। 

    त्यसैगरि करेला १३५, परबल १९० घिरौँला र झिँगुनी ८५, हरियो फर्सी १२, भिन्डी १०५, स्कुस ३५, कन्य च्याउ ९०, डल्ले च्याउ ३२६, ब्रोकाउली ३५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो। 

    कालीमाटीमा हिजो सानो तराईको गोलभेँडा १८, रातो आलु ३२, भारतीय रातो आलु ३१, भारतीय ठूलो गोलभेँडा ४५, सुकेको भारतीय प्याज ६५, लोकल गाँजर ३५, तराईको गाँजर २७, बन्दा १०, स्थानीय काउली १७ रुपैयाँ प्रतिकिलो थियो।  

    तरकारी तथा फलफूलहरुको मूल्यसूची

    प्रकाशित मिति :फाल्गुण २४ २०८१ शनिवार - ०८:३९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij