Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

लोडसेडिङ कुलमानले हटाएको होइन: ऊर्जामन्त्री दीपक खड्का

लोडसेडिङ कुलमानले हटाएको होइन: ऊर्जामन्त्री दीपक खड्का


  • 1.8K
    Shares

    • images
    लोडसेडिङ कुलमानले हटाएको होइन: ऊर्जामन्त्री दीपक खड्का

    काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको स्पष्टीकरणको जवाफ आएपछि पदबाट हटाउने वा नहटाउने निर्णय हुने बताएका छन् ।

    शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले खड्काले यस्तो बताएका हुन् । कुलमानलाई हटाउन लागिएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले स्पष्टीकरणको जवाफ आएपछि निर्णय लिने जवाफ दिए ।

    उनले नेपालमा भारतबाट बिजुली आयात गरिएका कारण लोडसेडिङ हट्न सफल भएको जिकिर गरे । ‘भारतकै बिजुलीले नेपालको लोडसेडिङ हटेको हो, कोही व्यक्तिले गरेर होइन’, उनले भने, ‘आजै पनि भारतबाट नेपालमा एक हजार मेगावाट बिजुली आयात भइरहेको छ।’

    भारतलाई समेत बिजुली आवश्यक भइरहेको अवस्थालाई नेपाललाई दिएर ठूलो सहयोग गरेको उनले बताए । भारतकै बिजुली आइरहेकाले अहिले नेपालमा लोडसेडिङ नभएको उनले दोहोर्‍याएका छन् । कुलमानले भने जस्तो प्राधिकरणको नाफाको विषय पनि छानबिन भइसकेपछि थाहा हुने खड्काले बताएका छन् ।

    कुलमानको विषय व्यक्तिगत नभएर सरकारको भएको जिकिर गरेका खड्काले कर्मचारीहरू अनुशासित हुनुपर्ने पनि दाबी गरेका छन्।

    प्रकाशित मिति :फाल्गुण २३ २०८१ शुक्रवार - २२:०२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij