२०८२ भाद्र १ गते आइतवार
ज्योतिषः विष्णुराज सिग्देल
सम्पर्क नंं. ९८४५६२६२८०
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सोचेको काम कार्यमा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा सामिप्यता बढेर जाने योग रहेको छ । कृषि क्षेत्रमा लाग्नेहरुका लागि समय राम्रो रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यवसायमा आम्दानी बढेर जानेछ । विगत देखिको अधुरा कामहरु सम्पन्न हुनेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रम बढेर जानेछ । मनमा प्रफुुलता छाउनेछ । आटे सोचेका कामहरु बन्ने पूराना रोकिएका कामहरुमा सुधार हुने देखिन्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बोलिमा प्रभावकारीता बढेर जानेछ । कठिन कामहरु समेत समयमै सम्पन्न गर्न सकिने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । आफन्तबाट सहयोग मिल्नेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आटे सोचेको काम मिल्न कठिन छ । लामो दूरीको यात्रामा होसियारी अपनाउनुपर्ने देखिन्छ । विगतको कामबाट समस्या उत्पन्न हुनसक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पराक्रम बढेर जानेछ । जुन सुकै काम गर्दा जोश जागरका साथ सम्पन्न हुनेछ । मनमा प्रसन्नता बढ्ने योग रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आजको दिन तपाईको लागि उपयुक्त हुनेछ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । नविनतम कामहरुबाट समेत आम्दानी हुने योग रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पूर्व दिशाको यात्रा शुभ छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । आकस्मिक रुपमा धन लाभ हुने सम्भावना रहेको छ । नयाँ बस्त्र पहिरन पाउने योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पराक्रमको गति बढेता पनि चौतर्फी लाभै लाभ हुने योग रहेको छ । विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आजको दिन सबै दृष्टिकोणले उपयुक्त रहेको छ । लामो दूरीको यात्रा गर्दा सफलता मिल्नेछ । आटे सोचेका कामहरु पुरा हुनाले मनमा प्रशन्नता बढ्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आजको समय उपयुक्त रहेको छ । पशु चौपायाबाट धन लाभ हुनेछ । मेसिनरी व्यवसायहरुको लागि अति उत्तम दिन मानिन्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आजको दिन मध्यम रहेको छ । विगत देखिका अधुरा कामहरु बन्ने केही गति बढ्नेछ । तथापि दिनको उत्तरार्धमा मन प्रशन्न हुनेछ । ला
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij