Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बालेन शाहको घरबाट प्रचण्डको सन्देश- सबै मिलेर अधिकार जोगाऔँ, देश बनाऔँ

बालेन शाहको घरबाट प्रचण्डको सन्देश- सबै मिलेर अधिकार जोगाऔँ, देश बनाऔँ


  • 1.9K
    Shares

    • images
    बालेन शाहको घरबाट प्रचण्डको सन्देश- सबै मिलेर अधिकार जोगाऔँ, देश बनाऔँ

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पुर्ख्यौली घरमा पुगेका छन्। 

    बिहीबार बिहान प्रचण्डसहितका माओवादी नेता महोत्तरीको एकडारा गाउँपालिकामा रहेको मेयर शाहको घरमा पुगेका हुन्। 

    मेयर शाहको घरमा माओवादी केन्द्रले कार्यक्रमसमेत गरेको छ। शाहको घरमा हाल एकडारा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ। जुन घर पालिकाले भाडामा लिएर कार्यालय संचालन गरेको हो।

    त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर व्यवस्था जोगाउन र देश बनाउन आग्रह गरे। त्यसक्रममा उनले स्थानीयसँग अन्तक्रियासमेत गरेका थिए। 

    माओवादी केन्द्रले सञ्चालन गरेको मेची महाकाली तराई-मधेस जागरण अभियान अन्तर्गत आज माओवादीले महोत्तरीमा कार्यक्रम गरिरहेको छ। 

    प्रकाशित मिति :फाल्गुण २२ २०८१ बिहिवार - १३:२२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij