Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

क्रेस्ट माइक्रो लाइफको आईपीओ आजबाट बिक्री खुला

क्रेस्ट माइक्रो लाइफको आईपीओ आजबाट बिक्री खुला


  • 2.2K
    Shares

    • images
    क्रेस्ट माइक्रो लाइफको आईपीओ आजबाट बिक्री खुला

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ ।

    कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

    कम्पनीले निष्कासन गरेको आईपीओमा आजदेखि २६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८१ बिहिवार - १२:५१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij