Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

केबलकारविरोधीलाई पछि पछुतो हुनसक्छ : ढकाल

केबलकारविरोधीलाई पछि पछुतो हुनसक्छ : ढकाल


  • 1.5K
    Shares

    • images
    केबलकारविरोधीलाई पछि पछुतो हुनसक्छ : ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याइनुले लगानीकर्ताको मनोबल घटाएको बताएका छन् । विकास निर्माणका काम गर्नबाट रोक्नु भनेको लगानीकर्ताको मनोबल घटाउनु भएको उनले उल्लेख गरे ।

    उनले पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना गरेर विकास निर्माणका काममा बाधा पुर्‍याउनु गलत भएको बताए । यस्ता गतिविधिले स्वदेशमै रोजगारी सिर्जना हुने विषयमा समस्या हुने उनले जिकिर गरे ।

    “हामी लगानीकर्तालाई ल्याउन, विदेशी लगानीकर्तालाई आउन आग्रह गरिरहेका छौँ भने आन्तरिक लगानीकर्ताले वैदेशिक रोजगारमा जान बाध्य नेपालीलाई रोक्नको लागि आमनेपालीलाई सर्भिस दिने हिसाबले खोजिएको छ,” उनले भने, “त्यसको विरोध गरिएको छ । यो चिन्ताको विषय हो । उहाँहरू (केबलकारविरोधी)लाई पछि गएर यो पछुतो हुनसक्छ ।”

    उनले बालबालिका, वृद्धवृद्धालाई सहज पहुँचका साथ दर्शन गर्नका निम्ति बनाउन लागिएको केबलकारले जिल्लावासीलाई घरमै बसेर रोजगारी गर्न सक्ने अवस्था सिर्जना हुने बताए । केही राजनीतिक दल, व्यक्तिहरूले केबलकार निर्माणमा बाधा पुर्‍याइरहेको उनले उल्लेख गरे ।

    यस्ता गतिविधिले विदेशी र स्वदेशी लगानीकर्तालाई लगानी गर्न निरुत्साहित गरिरहेको उनले बताए । “जहाँ रोजगारी सिर्जना गरिन्छ, जहाँ पूर्वाधार बनाइन्छ, जहाँ आमसर्वसाधारणलाई सुविधा दिइन्छ र पर्यटनको प्रवद्र्धन गरेर अघि बढाउने कुरालाई पनि गलत हिसाबले व्याख्या गरेर राजनीतिक दल र धार्मिक रूपमा गरिएको छ,” उनले भने, “यो दुःखद हो । आमसर्वसाधारणको फाइदाका लागि हामीले गरेका हौँ । त्यसको विरोधमा लागिएको छ ।” 

    प्रकाशित मिति :फाल्गुण २२ २०८१ बिहिवार - १२:४०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij