२०८२ फाल्गुण २१ गते बिहिवार
डोनाल्ड ट्रम्पले लगाएको भन्सार शुल्कपछि क्रुद्ध चीनले अमेरिकालाई खुलेआम चेतावनी दिएको छ।
अमेरिकास्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी चीन अमरिकासँग सबै प्रकारको युद्ध लड्न तयार रहेको बताएको हो।
चिनियाँ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘चाहे त्यो ट्यारिफ युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौँ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबारदेखि चीनबाट अमेरिका आउने सामानमा थप १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।
यसअघि फेब्रुअरीको सुरुमै ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क लगाइसकेका थिए। बढाएको समेत गर्दा अमेरिकाले चिनियाँ सामानमा कूल २० प्रतिशत भन्सार शुल्क लगाएको छ।
ट्रम्पको कदमलगत्तै मंगलबार चीनले पनि अमेरिकाबाट चीन आउने धेरै कृषि उत्पादनमा फेब्रुअरीमा जस्तै १० देखि १५ प्रतिशतसम्मको भन्सार शुल्क लगाएको छ।
चीन अमेरिकी मकै, गहुँ र भटमासजस्ता धेरै अमेरिकी उत्पादनका लागि सबैभन्दा ठूलो बजार हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij