Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

मन्टेश्वरी एशोसियसन नेपालद्वारा बाल बालिकाको बृहत खेलकुद कार्यक्रम सम्पन्न

मन्टेश्वरी एशोसियसन नेपालद्वारा बाल बालिकाको बृहत खेलकुद कार्यक्रम सम्पन्न


  • 3.0K
    Shares

    मन्टेश्वरी एशोसियसन नेपालद्वारा बाल बालिकाको बृहत खेलकुद कार्यक्रम सम्पन्न

    मन्टेश्वरी एशोसियसन नेपालले राष्ट्रिय प्रहरी स्पोर्टस क्लब महाराजगन्जमा युवा तथा खेलकुद मन्त्री माननिय तेजुलाल चौधरीको बिशिस्ट आतिथ्यता, नेपाल ओलिम्पिक कमिटीको उपाध्यक्ष्य श्री चतुरानन्द राजबैध्यको प्रमुख आतिथ्यता, नेपाल कराते महासंघका महासचिव श्री दावा गुरुङको बिशेष आतिथ्यता तथा अन्य खेल सम्बधी राष्ट्रिय ब्यक्तित्वहरुको उपस्थितीमा चैथो निप्स ताफिसा २०२५ भब्य रुपमा सम्पन्न गरेको छ ।

    उक्त खेलकुद कार्यक्रममा मन्टेश्वरी स्कुलका ५५० जना बालबालिकाहरुले उत्साहपुर्वक भाग लिएका थिए । माननिय मन्त्रीले निजीस्तरबाट भब्यरुपमा आयोजना गरिएको यस कार्यक्रमलाई अबका दिनहरुमा सहयोग गर्ने अश्वासन दिई म्यान टिम, सम्पूर्ण आयोजक कमिटी, अभिभावक,नानीबाबुहरु तथा शिक्षकहरुलाई बधाइ तथा धन्यवाद दिए।

    सोही अवसरमा महासचिव शितल रिजालले सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै, अध्यक्ष सुश्मा लामाले १७० वटा राष्ट् सदस्य रहेको अन्तर्राष्ट्रिय खेल संस्था ताफिसाको म्यान सदस्य रहेको र खेल सम्बन्धी गतिबिधी बारे जानकारी गराउदै बिजेता हरुलाई मेडल वितरण गरेका थिए। कार्यक्रमको अन्त्यमा संस्थाकी कोषाध्यक्ष्य अप्सना राणाले सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गरेका थिए।

    प्रकाशित मिति :फाल्गुण २१ २०८१ बुधवार - १९:११:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij