Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रश्न गर्दा गलत शब्द प्रयोग गरिएको भन्दै दुई पत्रकारको संसद पास निलम्बन

प्रश्न गर्दा गलत शब्द प्रयोग गरिएको भन्दै दुई पत्रकारको संसद पास निलम्बन


  • 1.7K
    Shares

    • images
    प्रश्न गर्दा गलत शब्द प्रयोग गरिएको भन्दै दुई पत्रकारको संसद पास निलम्बन

    काठमाडौं । संघीय संसद सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भनेर उनीहरूले प्राप्त गरेका संसद प्रवेश पास निलम्बन गरेको हो । महासचिव स्तरीय निर्णयबाट पत्रकारद्वय प्रकाश वली र र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरिएको हो ।

    संसद सचिवालयले पत्रकारलाई रिर्पोटिङका लागि प्रवेश पास उपलब्ध गराउने गर्दछ । सोही प्रवेश पास महासचिव स्तरीय निर्णयबाट निलम्बन गरिएको हो ।

    संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार एक महिनालाई संसद प्रवेश पास निलम्बन गरिएको छ । ‘पत्रकार आचारसंहिता, कार्यविधि र पालन गर्नुपर्ने नियमहरु छन् । यसको उल्लघन गरेको कारणले उनीहरूलाई दिइएको संसद सचिवालयको कार्ड एक महिनाका लागि निलम्बन गरिएको हो’, उनले भने ।

    प्रकाशित मिति :फाल्गुण २१ २०८१ बुधवार - १२:४२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij