२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
बुधबार बिहान अमेरिकी जहाजमार्फत नेपाल ल्याइएका उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले रातोपाटीलाई जानकारी दिए । डिपोर्ट भएका नेपालीहरू ८ जना रहेको पनि उनले पुष्टि गरे ।
‘नेपाल ल्याइएसँगै उहाँहरूलाई अध्यागमन प्रक्रिया पूरा गरेर हामीले नेपाल प्रहरीलाई जिम्मा लगाएका छौँ’, उनले भने, ‘केही सोध्नुपर्ने भएकाले प्रहरीले पठाइदिन भनेको थियो सोही अनुसार जिम्मा लगाइदिएका छौँ ।’
उनीहरूलाई गाडीमा राखेर मानव बेचबिखन ब्युरोमा लगिएको छ । त्यहाँ उनीहरूसँग प्रहरीले आवश्यक सोधपुछ गरेपछि मात्रै छाड्ने बताइएको छ । प्रहरीले डिपोर्ट भएकाहरुबाट मानव तस्करीमा संलग्नहरुको नेक्सस खुल्ने विश्वास लिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij