२०८२ माघ ७ गते बुधवार
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमा नवीकरण शुल्कमा ७५% सम्म छुट दिने भएको छ।
यूनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स ,साविकका प्राइम लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज जरिवानामा छुटको व्यवस्था गरिएको छ।कम्पनीले व्यतित बीमालेखहरु फागुन १९ गतेदेखि फागुन २९ गतेसम्म नवीकरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले बताएको छ।
७ वर्षसम्म व्यतित भएको बीमालेखमा ब्याज जरिवानामा ७५ % र ७ वर्षदेखि माथि व्यतित बीमालेख ५० % सम्ममा ब्याज जरिवानामा छुट दिने कम्पनीले बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij