२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ५०० रुपैयाँ बढेर ९० हजार ५०० पुगेको छ। सोमबार ९० हजारमा कारोबार भएको थियो।
३ मंसिरमा खुलेको बजारमा १०० रुपैयाँले गिरावट आएर ९५ हजार १०० मा कारोबार भएको थियो। त्यसपछि सोमबारसम्म सुनको मूल्य लगातार ओरालो लागेको थियो ।
आज तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँ बढेर ९० हजार ५० कायम छ । सोमबार तेजाबी सुन तोलाको ८९ हजार ५५० मा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि उकालो लागेको छ। सोमबार एक हजार १२० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार १५५ पुगेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij