२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आगामी चैत ८ गते साधारणसभा बस्ने भएको छ। कम्पनीको आठौँ वार्षिक साधारणसभा आगामी चैत ८ गते अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानेश्वर, काठमाडौँमा शुरु हुनेछ।
चुक्ता पूँजीको १.२४८९ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित भएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतको प्रस्तावहरु पनि पारित गर्ने छन्।
फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने कम्पनिले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij