२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । नेपाल बीमाप्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले माघ महिनासम्ममा १ करोड ३४ लाख ७ हजार ४८ वटा बीमा पोलिसी बिक्री गरी कुल ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
बिमा प्राधिकरणका अनुसार माघ मसान्तसम्म राष्ट्रिय जीवन बिमा कम्पनीले रिलायबल नेपाल लाइफले २ अर्ब ७९ करोड २५ लाख, नेपाल लाइफले २ अर्ब ३८ करोड ७२ लाख, आइएमई लाइफ इन्स्योरेन्सले २ अर्ब ९० करोड ८२ लाख, सूूर्यज्योति लाइफले ५ अर्ब ९५ करोड २२ लाख, सिटिजन लाइफ ३ अर्ब ९८ करोड ४७ लाख, राष्ट्रिय जीवन बिमा कम्पनीले ३ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।
जीवन बिमा कम्पनीले १४ अर्ब ७२ करोड २८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ। पहिलो बिमाशुल्क २ अर्ब ५८ करोड ८९ लाख वैदेशिक रोजगार बिमाशुल्क २६ करोड ९० लाख, नविकरणीय बिमाशुल्क ११ अर्ब ८६ करोड ४७ लाख रुपैयाँ रहेका छन् ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनले ११ अर्ब १७ करोड ९ लाख, मेट लाइफले ३ अर्ब ३७ करोड ५२ लाख, एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ७ करोड ८७ लाख, नेशनल लाइफ इन्स्योरेन्सको ११ अर्ब २३ करोड ६५ लाख, नेपाल लाइफले २६ अर्ब ५४ लाख, प्रभुु महालक्ष्मी लाइफले २ अर्ब ८५ करोड ८९ लाख, सूूर्यज्योति लाइफले ५ अर्ब ९५ करोड २२ लाख र हिमालयन लाइफले ९ अर्ब ९० करोडरुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij