२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक सूचना जारी गर्दै व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशतसम्म छुट दिने भएको छ।
कम्पनीले २०८१ फागुन १५ गतेबाट २०८२ साउन १३ गतेसम्म नवीकरण गरिने व्यतित बीमालेखमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेएको छ। व्यतितले १८० दिनभन्दा माथि व्यतित भएको बीमालेखहरुमा उक्त छुट प्रदान गर्ने छ ।
एकपटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितलाई पूरा बीमा अवधिभरि पुनः छुट नहुने पनि कम्पनीले जानकारी दिएको छ।
समावेश भएका बीमालेखहरु पुनर्जागरण मितिदेखि १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जानकारी दिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij