Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरीको चाङ, संसदीय सुनुवाइ आज हुँदै

सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरीको चाङ, संसदीय सुनुवाइ आज हुँदै


  • 6.0K
    Shares

    सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरीको चाङ, संसदीय सुनुवाइ आज हुँदै

    काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस दुईजनाको आज (शुक्रबार) संसदीय सुनुवाइ हुँदैछ ।

    उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र सुर्खेत उच्च अदालतका न्यायाधीश नहकुल सुवेदीलाई न्याय परिषदले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेर सुनुवाइका लागि पठाएको थियो ।

    समितिले दुवैजना विरुद्ध सार्वजनिक रुपमा उजुरी आह्वान गर्दै सुनुवाइका लागि शुक्रबार बिहान ११ः३० बजे उपस्थित हुन निर्देशन दिएको छ ।

    सुवेदीविरुद्ध पाँचवटा र चुडालविरुद्ध दुईवटा उजुरी समितिमा दर्ता भएको थियो । सुवेदीविरुद्ध परेका पाँचवटै उजुरीमा सर्वोच्चको न्यायाधीश हुन आवश्यक न्युनतम योग्यता नपुगेको दाबी गरिएको छ भने चुडाविरुद्ध मुद्दा फैसला गर्दा घुस खाएको आरोप लागेको छ ।

    समितिले यसअघि चैत २५ गते नै सुनुवाइ गर्ने तयारी गरे पनि सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर भएपछि शुक्रबारका लागि सुनुवाइ सारेको थियो ।

    वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दायर गरेको रिटमा चैत ३० गते सर्वोच्चले फैसला गर्दै योग्यता पुग्ने ठहर गरेको थियो ।

    क्याडरबाट सर्वोच्चको न्यायाधीश हुन न्यायसेवाको प्रथम श्रेणी (सहसचिव) तहमा कम्तीमा १२ वर्ष काम गरेको हुनुपर्ने संवैधानिक व्यवस्था भएकोमा सुवेदीको हकमा उक्त योग्यता नभएको दाबी गरिएको थियो ।

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १०:५४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij