२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमै माग भन्दा २.६८ गुणा आवेदन परेको छ । बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
सिडिएस एण्ड क्लियरिङका अनुसार ४९ करोड ४५ लाख ८४ हजार रुपियाँ बराबर ४९ लाख ४५ हजार ८४० कित्ताका लागि आवेदन दिएको छ। कम्पनीले जारी गरेको पुँजीको ३० प्रतिशतका दरले २२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो भने प्रत्येक कित्ताको अंकित मूल्य १०० रुपियाँ रहेको छ।
यस आईपीओको १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो। साथै, ६७ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि विशेष छूट राखिएको थियो।
सर्वसाधारणले फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछ भने तोकिएको अवधिमा पर्याप्त आवेदन प्राप्त नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सकिने छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij