Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

शिक्षक तथा विद्यार्थीमा कोरोना देखिएका विद्यालय बन्द गर्ने महानगरको तयारी

शिक्षक तथा विद्यार्थीमा कोरोना देखिएका विद्यालय बन्द गर्ने महानगरको तयारी


  • 10.4K
    Shares

    शिक्षक तथा विद्यार्थीमा कोरोना देखिएका विद्यालय बन्द गर्ने  महानगरको  तयारी
    images

    काठमाडौँ । विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि काठमाडौँ महानगरपालिकाले विद्यालय बन्दको तयारी गरेको छ ।

    महानगरले आजैबाट लागू हुने गरी विद्यार्थीमा कोरोना देखिएका विद्यालय बन्दको तयारी गरेको हो । काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले केहीबेरमा विद्यालय सञ्चालनबारेको सूचना जारी गर्ने बताए ।

    उनले भने, ‘काठमाडौँका केही विद्यालयमा विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको छ । यस्तो अवस्थामा विद्यालयले के गर्ने भन्ने योजनासहितको सूचना महानगरले जारी गर्नेछ । ‘

    अहिले काठमाडौँको चावहिलस्थित मित्र आधारभूत विद्यालयका शिक्षक, नक्सालमा रहेको नन्दिरात्री माध्यमिक विद्यालय र प्रदर्शनी मार्गको पद्मोदय माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना देखिएको छ ।

    कोरोनाको दोस्रो लहरमा विद्यार्थी संक्रमणको दर बढेपछि महानगरले काठमाडौँका विद्यालयलाई लक्षित गर्दै सूचना जारी गर्न लागेको हो ।

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १०:१७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij